काठमाडौं- नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ६ जना संक्रमितको मृत्यु भएको थियो।
एकै दिन ७ सय ८२ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार ३ सय १७ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ५ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ६१ हजार ४ सय ३० पुगेको छ। हाल ४ सय २७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।