भक्तपुर – भक्तपुरमा कोरोना भाइरस संक्रमित संख्या ८ हजार ८ सय ४ पुगेको छ । बुधबार १६ पुरुष र ११ महिला गरी २७ जना थपिएसँगै यहाँ कोरोना भाइरस संक्रमितको संख्या ८ हजार ८ सय नाघेको हो । जसअनुसार पुरुष ४ हजार ९ सय ७४ र महिला ३ हजार ८ सय ५६ रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा एक हजार ७ सय ८४ पुरुष र एक हजार ४ सय ५३ महिला गरी कूल ३ हजार २ सय ३७ संक्रमित पुगेका छन् ।
सूर्यविनायक नपाका एकहजार ६ सय २४ जना पुरुष र एक हजार एकसय ८६ जना महिला गरी २ हजार ८ सय १० जनालाई संक्रमण पुष्टि भएको छ । भक्तपुरका नपामा संक्रमितको संख्या ९ सय १२ जना पुरुष र ८ सय १० जना महिला गरी एक हजार ७ सय २२ जना पुगेका छन् ।त्यस्तै चाँगुनारायण नपामा ५ सय २ जना पुरुष र ३ सय एक जना महिला गरी ८ सय ३ संक्रमित रहेका छन् ।