November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

थप १३ कोरोना संक्रमितको मृत्यु

2.5K

काठमाडौं- नेपालमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्। 

Advertisement