April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

कोशी अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु

4.1K

मोरङ- कोशी अस्पताल विराटनगरमा उपचाररत दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का २२ वर्षीय पुरुषको मंगलबार राति ९:५० बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा.दीपक सिग्देलले जानकारी दिए ।

मंसिर २९ गते रिपोर्ट पोजिटिभ आएपछि ती युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार थालिएकोमा भोलिपल्ट नै उनको मृत्यु भएको हो ।

Advertisement

यस्तै मोरङकै पथरीशनिश्चरे नगरपालिका–१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८:५० बजेतिर मृत्यु भएको छ ।

डा. सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो ।