November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोनाबाट १४ जनाको मृत्यु, ११२८ जना संक्रमित

4.2K

काठमाडौँ । नेपालमा थप १ हजार १२८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ४ सय ४७ पिसिआर परीक्षणका क्रमा ६६६ जना र ३ हजार ५४२ एन्टिजेन परीक्षणका क्रममा ४६२ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै २ हजार २ सय १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३२ हजार ८२२ निको भएका छन् । हाल नेपालमा २७ हजार ४ सय ४१ संक्रमित आइसोलेसन र १०९ जना क्वरेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement