नेपाली जनप्रगतिशील मंच युकेको आर्थिक सहयोगमा गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ मा रहेको श्री शिव आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई बिद्यालय पोशाक (न्यानो कपडा) वितरण गरिएको छ ।
एक कार्यक्रम गरि बिद्यालयका १ सय १४ बिद्यार्थी र ११ शिक्षक, शिक्षिकालाई ट्रयाकसुट र टोपी वितरण गरेको हो । कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष तथा माओवादी (केन्द्र)का केन्द्रिय कमिटी सदस्य लेखनाथ न्यौपानेले बिद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु पर्ने बताए । उनले यहाँ सिमान्तकृत चेपाङ जातिको बिद्यार्थी धेरै रहेको हुँदा खुशि लागेको तर अहिले धेरै बालबालिकाहरु सानै उमेरमा बिवाह गर्ने, भाग्ने जस्ता समस्या रहेकोले यसलाई रोक्नु पर्ने बताए ।
अतिथि तथा जन प्रगतिशील मञ्च युकेका प्रतिनिधिका रुपमा उपस्थित संगठनका उपाध्यक्ष नबिन स्याङ्तानले कार्यक्रममा राज्यले शिक्षा लगायत आधारभूत आवश्यकता पूर्ति गर्न पहल नगरेको गुनासो व्यक्त गर्दै माओबादी पार्टीले केहि गरे पनि समस्या उस्तै रहेको भनेका थिए।
बिद्यालयका प्रधानध्यापक प्रकाश रेग्मीले सहयोग दाता संस्था र समन्वय कर्ता प्रति धन्यवाद व्यक्त गरे । वडा अध्यक्ष तुलसी रेग्मी र रेखा लोप्चनले कार्यक्रमको समन्वय गरेका थिए । बिद्यालय व्यबस्थापन समितीको अध्यक्ष भरत रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जन प्रगतिशील मञ्च युकेका उपाध्यक्ष नबिन स्याङ्तान, बिद्यालय व्यबस्थापन समितीका सदस्य, बिद्यार्थी र शिक्षकहरुको उपस्थिती रहेको थियो । बिद्यालयमा अधिकांश सिमान्तकृत चेपाङ, जनजाती र दलित समुदायका बिद्यार्थी अध्यापन गर्छन ।