November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाललाई नेपालस्थित अमेरिकी दूतावासको बधाई

8K

काठमाडौं। वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाउन सफल भएकोमा नेपाललाई अमेरिकी दूतावास, नेपालले बधाई दिएको छ ।

दूतावासले महामारीको शुरूवातदेखिनै नेपालको कोभीड-१९ प्रतिकारको निरन्तर सहयोगी बन्दै आएको उल्लेख गरेको छ । २३ लाखभन्दा बढी डोज कोभीड-१९ भ्याक्सीन समेत दिएको र झन्डै १२० मिलियन डलरभन्दा बढिको आर्थिक गरेको र सामाग्री, तथा सेवा सहायता उपलब्ध गराइसकेको समेत दुतावासले जनाएको छ।

नेपाली भाईरसलाई परास्त गर्नेतर्फ सफल हुँदै गएकोमा दुतावास हर्षित रहेको बताउदै नेपालस्थित रहेको अमेरिकी दुतावासले सामाजिक संजालमार्फत बधाई दिएको हो।

Advertisement