November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

संखुवासभा अस्पतालको आकस्मिक वाहेकका सेवा बन्द

2.4K

संखुवासभा : जिल्ला अस्पताल संखुवासभाका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक वाहेकका सेवा बन्द गरिएको छ। सोमबारबाट अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए।

एन्टिजेन परीक्षण गर्दा जिल्ला अस्पतालका कार्यरत आठ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ १५ गते सम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरेको सूचना अधिकारी खत्रीले बताए।

Advertisement

सोमबारदेखि अस्पतालमा आकस्मिक सेवा, प्रसूति सेवा र फिभर क्लिनिक मात्र सञ्चालन हुने उनले बताए । जिल्लामा सञ्चालित कोरोनाविरुद्धको खोपको अभियान भने यथावत रुपमै सञ्चालन रहने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

संखुवासभामा कोरोनाको तेस्रो लहर फैलिएपछि सक्रिय संक्रमितको संख्या एक सय ४१ पुगेको छ। हालसम्म ४७ जनालाई निको भएका छन्। मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षण दायरा बढाउनुपर्ने स्वास्थ्यकर्मीको स्थानीयको सुझाव छ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ। त्यस्तै जिल्ला कारागार खाँदबारीले कोभिड सङ्क्रमण  जोखिम बढ्दै गएपछि कैदीबन्दी भेटघाटलाई माघ १५ गते सम्म बन्द गरेको छ।