November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

भक्तपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

2.9K

भक्तपुर – भक्तपुरमा थप एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । भक्तपुर नपाका ती संक्रमित पुरुषको मृत्यु भएसँगै यहाँ कोरोना भाइरस संक्रमणबाट  मृत्यु हुनेको संख्या एकसय १६ पुगेको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरका ७३ पुरुष र ४३ महिला गरी एकसय १६ जना संक्रमितको मृत्यु भएको हो । यहाँका चार नपामध्ये सबैभन्दा बढी भक्तपुरका २८ पुरुष र १५ महिला गरी ४३ जना संक्रमितको मृत्यु भएको छ ।

मध्यपुर थिमि नपाका २५ पुरुष र १४ महिला गरी ३९ जना, सूर्यविनायक नपाका १३ पुरुष र १३ महिला गरी २६ तथा चाँगुनारायण नपाका ७ पुरुष र एक महिला गरी ८ जना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

संक्रमित पुगे ८ हजार ७ सय ५७

भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार ७ सय ५७ पुगेका छन् । सोमबार १२ पुरुष र ११ महिला गरी २३ नयाँ संक्रमित थप भएसँगै कूल संक्रमित संख्या ८ हजार ७ सय ५७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।