November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

दुई दिनमै बन्द भयो ‘एन्टिजेन’ परीक्षण विधि

2.6K

काठमाडौँ – सरकारले गत सोमबारदेखि सुरु गरेकोे ‘एन्टिजेन’ परीक्षण विधि दुई दिनमै बन्द गरिएको छ । कोरोना भाइरस परीक्षणका लािग मानिसहरु नआएपछि सरकारले काठमाण्डु उपत्यकामा तत्कालका लागि ‘एन्टिजेन’ विधिबाट गरिने परीक्षण बन्द गरेको हो ।

सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू गरेको थियो । तर मानिसहरू परीक्षणमा नआएपछि सोमबार र मंगलबार मात्र परीक्षण गरी बुधबारदेखि बन्द गरिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

निर्देशक पाण्डेले मानिसहरू पोजेटिभ देखिए १४ दिन घरमै होमआइसोलेसन मा बस्नुपर्ने झन्झट सम्झेर परीक्षण गर्न नआउने गरेको बताए । सरकारले कम्तिमा पनि एक लाख जानको ‘एन्टिजेन’ परीक्षण गर्ने भने पनि परीक्षण गराउन मानिसहरूको सहभागिता न्यून देखिएपछि कसरी अगाडि बढ्ने अन्यौलता सिर्जना भएको छ ।

Advertisement