November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेचुरोपेथी दीर्घरोगीका लागि वरदान हुने मन्त्री श्रेष्ठको दाबी

2.7K

काठमाडौं–सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले दीर्घरोगीका लागि नेचुरोपेथी अस्पताल वरदान भएको बताएका छन्।

वसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पतालको प्रथम वार्षिकोत्सव तथा रक्तदान कार्यक्रममा बोल्दै श्रेष्ठले प्राकृतिक चिकित्सा पद्दति (नेचुरोपेथी) दीर्घरोगीका लागि वरदानझैं रहेको बताए। निरोगी र रोगी दुवैका लागि नेचुरोपेथी उपयोगी रहेको उनको भनाइ थियो। 

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले नेचुरोपेथी उपचार गराएकै कारण आफू ८३ बर्षको उमेरमा पनि स्वस्थ रहेको बताए। नेकपाका केन्द्रीय सदस्य देवेन्द्र पराजुली र सोभियत ढकालले प्राकृतिक पद्दति अहिले सबैका लागि आवश्यक रहेको उल्लेख गर्दै यसका लागि राज्यको पनि ध्यान जानुपर्ने बताए।

Advertisement

अभिनेता रमेश उप्रेती तथा नेपाल प्रहरीका एसपी दानबहादुर कार्कीले प्राकृतिक चिकित्साप्रति विश्वास गर्ने भएकाले आफूहरुले नियमित रुपमा नेचुरोपेथी सेवा लिने गरेको बताए।