March 15, 2025, Saturday
२०८१ चैत्र ३
1:37:26 pm

एस्ट्राजेनेका खोप उपलब्ध गराउन बेलायतलाई प्रधानमन्त्री ओलीको आग्रह

6.3K

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको लडाइँमा सहयोग गर्न बेलायतलाई आग्रह गरेका छन्।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग बिहीबार भएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले बेलायतबाट खोप लगायतका सामग्री सहयोग प्राप्त हुने अपेक्षा रहेको बताएका हुन्। 

प्रधानमन्त्री ओली र राजदूत पोलिटबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको हो।

Advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध तथा कोभिड १९ को लडाइँमा परस्पर सहयोगको आदानप्रदान बारेमा समेत छलफल भएको छ। 

प्रधानमन्त्री ओलीले यसक्रममा बेलायत सरकारका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत ज्ञापन गरेका प्रेस सल्लाहकार थापाले जनाएका छन्।

प्रधानमन्त्री ओलीले नेपाली जनताका लागि कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराउन राजदूत निकोलामार्फत बेलायती सरकारलाई आग्रह गरेका छन्।