April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई संक्रमितको मृत्यु

2.4K

काठमाडौं – लुम्बिनी प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देही, बुटवल उपमहानगरपालिका-९ की ८५ वर्षीय महिला र अर्घाखाँची,पाणिनी गाउँपालिका-५ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो।

८५ वर्षीय महिलालाई १४ गते कोरोना पुष्टि भएको थियो। ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या आएपछि २८ गते अस्पताल भर्ना भएकी थिइन्। उनको आज बिहान पौने ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यसैगरी, अर्घाखाँचीका ७५ वर्षीय पुरुषलाई  ४ गते कोरोना पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएका थिए। उनको आज बिहान सबा ६ बजे मृत्यु भएको हो। उनलाई ज्वरो,मुटु रोग, निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो।

Advertisement