November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

वैशाखमा निर्वाचन हुँदैन: अधिवक्ता भट्टराई

2.1K

काठमाडौं- अधिवक्ता टीकाराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दायर भएका रिटमाथि भएको सुनुवाइमा सहभागी हुँदै अधिवक्ता भट्टराईले चुनाव नभएपछि देशमा संवैधानिक संकट आइपर्ने बताएका हुन्।

रिट निवेदकका पक्षबाट बहस गरेका भट्टराईले देशलाई संवैधानिक संकटमा पर्न नदिनमा पनि प्रधानमन्त्रीको सिफारिसमा भएको विघटन बदर गर्नुपर्ने जिकिर पेस गरेका हुन्। 

वैशाख निर्वाचन भएन भने कसले के गर्छ? वैशाखपछि मुलुकमा संवैधानिक संकट आउँछ। वैशाखमा निर्वाचन नहुने निश्चित छ। त्याे अवस्थामा न कार्यपालिकाले काम गर्न सक्छ, न्यायापालिका रहन्छ,’ उनले भने।

Advertisement

वैशाख २७ पछि कार्यपालिका र न्यायपालिका ठप्प हुने उनको भनाइ छ। यसमा अदालतले बाटो देखाउनु पर्ने र यसका लागि विघटनलाई बदर गरिनुपर्ने उनले दाबी गरे।