April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

क्युबाली जनताको न्यायपूर्ण संघर्षप्रति विश्व ट्रेड युनियन महासङ्घको ऐक्यबद्धता

2.5K

काठमाडौ ।  श्रमिकहरूको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघ (WFTU) ले क्युबाली जनताले सञ्चालन गरेको क्रान्तिकारी जुझारु संघर्षको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्न विश्वव्यापी अभियान सञ्चालन गरेको छ ।

विश्व ट्रेड युनियन महासंघका अध्यक्ष  प्रेमल कुमार खनाल र महासचिव लोकराज भुसालले बुधबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जुझारु संघर्षकोआन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्न बिश्वव्यापी अभियान सञ्चालन गर्ने जनाएका हुन्। 

जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघ (WFTU) ले  २६ जुलाइ २०२३ का दिन  क्युवाली जनताले आफ्नो लोकतान्त्रिक हक र राजनैतिक स्वतन्त्रताका लागि बिगत लामो समयदेखि न्यायपूर्ण संघर्ष गरिरहेका छन् । क्युवाली जनताले गरेको बिरतापूर्ण संघर्षलाई अमेरिकी साम्राज्यबाद र उसका पक्षपोषक साम्राज्यबादीहरुले निर्ममतापूर्वक दमन, धरपकड, हस्तक्षेप गरिरहेका छन् । न्यायपूर्ण संघर्षमा रहेका क्युवाली जनतालाई ब्यापक रुपमा धरपकड गरि जेल र यातना दिएर सताई रहेको छ ।
सो सम्बन्धमा हामी नेपालमा क्रियाशील रहेका बिश्व ट्रेड युनियन महासंघसंग आबद्ध राष्ट्रिय स्तरका ट्रेड युनियन महासंघहरुको साझा संजाल विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपाल  र यस सँग आबद्ध नेपालका लाखौं श्रमिक मजदुर बर्गको तर्फबाट क्युवाली जनताको न्यायपूर्ण क्रान्तिकारि संघर्ष प्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । 

Advertisement

विज्ञप्तिमा महान क्युबाली जनताको न्यायपूर्ण आन्दोलनलाई अमेरिकी साम्राज्यवादीहरुबाट गरिएको बर्बरतापूर्ण दमन, ज्यादती र हस्तक्षेप प्रति गहिरो र दुःखका साथ खेद प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘क्युबाली जनताको न्यायपूर्ण आन्दोलनको सिलसिलामा नागरिकहरु प्रति गरिएको धरपकड हत्या हिंसा, जेल, नेल जस्ता सँजायहरु प्रति दुःख ब्यक्त गर्दछौं । साथै त्यस प्रकारका सबै प्रकृतिका साम्राज्यवादी हस्तक्षेप, धरपकड, ज्यादती बन्द गर्न र बिनासर्त क्युवाली न्यायपूर्ण आन्दोलनका सम्मानित सङ्घर्षशील योद्धाहरूलाई सम्मानजनक रिहाइको जोडदार माग गर्दछौँ ।’
 
महासंघले भौतिक रुपमा हामीहरू क्युवाली जनताबाट टाढा भए पनि मानसिक, नैतिक एवं वैचारिक रुपमा सधै न्यायपूर्ण सङ्घर्षको पक्षमा ऐक्यबद्धता रहि रहने प्रतिबद्धता व्यक्त गरेको छ ।