काठमाडौं । विभिन्न ट्रेड युनियनमा आवद्द मजदुर नेताहरू एकीकृत ट्रेड युनियन महासंघ, नेपाल आईसीटीयू प्रवेश गरेका छन् ।
एकीकृत ट्रेड युनियन महासंघ, नेपाल आईसीटीयूको ७ औं केन्द्रीय बैठकको अवसर पारेर एकीकृत ट्रेड युनियन महासंघ, नेपाल आईसीटीयूमा प्रवेश गरेका हुन् ।
जिफन्टका विदेश विभाग सदस्य सूर्य बहादुर कुँवर र माओवादी सम्बद्ध ट्रेड युनियनका उद्धव प्रसाद राउतले आईसीटीयुमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई महासङ्घको केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय समेत गरेको महासंघका उपमहासचिव उत्तर खड्काले जानकारी दिएका छन् ।