November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुदूरपश्चिममा स्वाब संकलनको सम्पूर्ण विवरण ‘एप’मा उपलब्ध हुने

2.8K

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटीले कोरोना भाइरस चेकजाँचका लागि लिएको स्वाब संकलनको सम्पूर्ण विवरण अनिवार्यरूपमा सूना व्यवस्थापन इकाई(आइएमयु) नेपालले तयार गरेको सफ्टेवयर(एप) मार्फत राख्न निर्देशन दिएको छ।

स्थानीय तह तथा अस्पतालबाट स्वाब संकलन गर्दा अनिवार्य रुपमा आइएमयु नेपालले तयार गरेको एपमा दर्ता गरेर मात्र कोभिड परीक्षणका लागि पठाउन निर्देशन दिएको हो।

निर्देशनालयले स्वाब संकलन तथा दर्ता, प्राप्ति विवरण र नतिजा अपडेट अनिवार्यरूपमा आइएमयु नेपाल सफ्टवेयर मात्र प्रयोग गर्न सो सिष्टमभन्दा अन्य सिष्टमको तथ्यांकलाई मान्यता नदिइने भएको छ। 

Advertisement