November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

निर्वाचन आयोग पुगे प्रधानमन्त्री

3.2K

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। उनी बिहान ११ः५० बजे आयोग पुगेका हुन्।

उनीभन्दा पहिले ओली पक्षको नेकपाका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ आयोग पुगेका थिए। उनीहरू पुगेको एक घण्टापछि ओली आयोग पुगेका हुन्।

प्रधानमन्त्री ओलीले निर्वाचन तयारीका सम्बन्धमा आयोगसँग छलफल गर्ने बताइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा निर्वाचन हुने जिल्ला टुंग्याएको भोलिपल्ट प्रधानमन्त्री ओली आयोग पुगेका हुन्। 

Advertisement