April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनएको आगामी कार्यकालका लागि अध्यक्षमा डा. बद्री केसीको दावी

4.8K

लण्डन – गैर-आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छ्न।

उनले गत आइतवार एउटा अन्तरकृया कार्यक्रममा बोल्दै आगामी कार्यकाल सन् २०११–२३ को लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदको लागि उम्मेद्वार घोषणा गरेका हुन् ।

आफ्नो उम्मेद्वारी घोषणा गर्दै उपाध्यक्ष डा. केसीले अध्यक्ष पदको उम्मेद्वारी गैर आवासीय नेपाली संघमा बितेको १५ वर्षसम्मका लगातार अनुभव र वर्तमान कार्यकारी समितिको वरिष्ठताका आधारमा आफूले अध्यक्ष पदमा दावी गर्ने बताए ।

Advertisement

उनले संस्थागत सुधार, एनआरएनएको दोस्रो पुस्ता, महिला तथा युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान र प्रविधि, वैदेशिक रोजगारी लगायतका क्षेत्रमा सक्रियतासाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

डा. बद्री केसी सन् २००३ मा एनआरएनए रसियाको साधारण सदस्य भएदेखि नै एनआरएनए अभियानमा सक्रिय रुपले सहभागी छन् । । उनले २००७ देखि २००९ सम्म एनआरएनए रूसको महासचिवको रूपमा काम गरे । त्यसपछिका दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को सदस्य रहेपछि अन्तरराष्ट्रिय समितिमै सन् २०१३–१५ कार्यकालमा कोषाध्यक्ष गरे । त्यसपछिका लगातार दुई कार्यकाल महासचिब भएका केसी हाल उपाध्यक्ष हुन् ।

केसीले २००१ मा मस्कोबाट बायोटेक्नोलोजीमा पीएचडी र २००९ मा मस्को स्टेट युनिभर्सिटीबाट इएमबीए प्राप्त गरे। उनको रसिया र नेपालका विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

उनको उम्मेद्वारी घोषणासंगै, आगामी कार्यकालको नेतृत्व कसले गर्ने भन्ने चर्चापरिचर्चा सुरु भएको छ ।