काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरो तथा विपद्मा परी मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ४९ जना पुगेको छ । शनिबार र आइतबारको बाढीपहिरोमा परी सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ ।
त्यस्तै पाँचथरमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ ।
त्यस्तै बाढीपहिरोमा परी ७ जना बेपत्ता छन् भने २० भन्दा बढी घाइते भएका छन् ।