काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज आइतबार काठमाडौं उपत्यकासहित बागमतीमा ठूलो वर्षाको सम्भावना नरहेको जानकारी दिएको छ ।
शुक्रबारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली क्रमशः पूर्वतिर सरेको र साँझसम्म पूर्वबाट पनि बाहिरिने सम्भावना रहेको जानकारी दिएको हो ।
काठमाडौं उपत्यकासहित बागमतीमा लगातार वर्षाको सम्भावना नरहेको र साथै भारी वर्षा नहुने भएको छ । २४ घन्टामा ५० देखि १०० मिलिमिटरसम्म परेको पानीलाई भारी वर्षा मानिन्छ ।
कहाँ के कति वर्षा ?
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा रौतहटको महेशपुरमा ३५२ मिलिमिटर वर्षा भएको छ । गौरमा ३३४, गरूडामा ३०४.६ पर्साको मुडलीमा २९०.८, वीरगञ्जमा २८८, बाराको सिमरा विमानस्थलमा २२५.४, परवानीपुरमा २२१.६, निजगढमा २६१.४, सिन्धुलीको हरिहरपुरगढीमा २९५, मकवानपुरगढीमा २१०, पनौतीको खोपासीमा २१५.२, गोदावरी ललितपुरमा १७८.८, लेलेमा १८४.२, काठमाडौंको नैकापमा १४१.६, सुन्दरीजलमा १४४.६, सर्लाहीको मनुस्मारामा २३३.६, मलंगवामा २२९, जनकपुरमा १८९.९ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै, धनुषाको हर्दिनाथमा १८८.८, धनुषाको तुुलशीमा २४५.२, कमला नदी केन्द्रमा १५६.८, धनुषाको चिसापानी बजारमा १६५ मिलिमिटर वर्षा भएको छ ।
धनकुटाको मछुवाघाट केन्द्रमा १८१, त्रिवेणीमा १९९, सुनसरीको सप्तकोशीमा २२६.८, चरतामा २१४.४ मिलिमिटर पानी परेको छ ।
इलामको माईमा १८२.८, इलामको टि इस्टेटमा २९०.६, इलामको हिमालीमा ३३५.४, कन्यामा २७९.६, झापाको बाहुनडाँगीमा २४६.४, चन्द्रगढीमा १८८.६, अनारमनीमा १७२.४, इलामको कन्काइमा १८६.८, झापा दमकमा १७५.६, मोरङको हरैंचामा २४४.४, सप्तरीको बरमझियामा १८५.४ मिलिमिटर वर्षा भएको छ ।
यो क्षेत्रमा पनि वर्षाको तीव्रता केही कमजोर देखिए पनि साँझसम्मै पानी पर्ने सम्भावना देखिएको महाशाखाले बताएको छ ।




