March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

हुलहुज्जतको भरमा मेरो सदस्यता नवीकरण रोक्न मिल्दैनः विद्या भण्डारी

965

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कसैले आफ्नो सदस्यता खान नसक्ने टिप्पणी गरेकी छन् । शुक्रबार काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले एमाले केन्द्रीय कमिटीले हालै पार्टीमा आउन लगाएको रोकप्रति लक्ष्य गर्दै आफ्नो सदस्यता नवीकरण भएको र अहिले पनि आफू एमालेमै आबद्ध रहेको दाबी गरेकी हुन् ।

एमालेले केन्द्रीय कमिटी बैठकपछि भण्डारीको सदस्यताको विषय स्वतः निस्क्रिय भइसकेको बताउँदै आएको भएतापनि पूर्वराष्ट्रपति भण्डारीले आफूले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरी नागरिकका रूपमा फर्केपछि पुनः मातृ पार्टी एमालेमा संलग्न हुन पुगेको बताएकी छन् ।

pinup pin up pin up pinup

पत्रकार सम्मेलनमा भण्डारीले भनिन्, ‘कतिपय विषय आन्तरिक मामिला हुन्छन्, मैले अहिले सदस्यता नवीकरण गरेको हुँ, तर म पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । जननेता मदन भण्डारीले मलाई शपथ खुवाएको हो विराटनगरमा । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्दैन ।’

Advertisement

राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि बाँकी जीवन कुनै संगठनमा लगाएर भूमिका खेल्न आफूले चाहेको र सोअनुसार नै मातृ पार्टी एमालेको सदस्यता नवीकरण विधिपूर्वक गरेको भण्डारीको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘हुलहुज्जतको भरमा मेरो सदस्यता नवीकरण रोक्न मिल्दैन ।’