March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा-प्रतिष्ठानद्वारा दीप श्रेष्ठसहित नौ श्रष्टाहरू पुरस्कृत

810

काठमाडौं । नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा-प्रतिष्ठानद्वारा ९ श्रष्टाहरू सम्मानित भएका छन् । बुधबार राष्ट्रपति भवनमा आयोजित समर्पण समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट वरिष्ठ गायक दीप श्रेष्ठसहित ९ जनालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

जसमध्ये श्रेष्ठलाई ‘दिर्घ साधना सम्मान’द्वारा सम्मान गरिएको छ भने वरिष्ठ रंगकर्मी हरिबहादुर थापालाई ‘रंगमञ्च’, वरिष्ठ गायिका कुन्ती मोक्तानलाई ‘संगीत’, वरिष्ठ लोकगायक नारायण रायमाझीलाई ‘लोक संगीत’, वरिष्ठ शास्त्रीय संगीत साधक कुशेश्वर राईलाई ‘परम्परागत तथा शास्त्रीय संगीत’ विधा, वरिष्ठ बाटककार वेदकुमारी न्यौपानेलाई ‘नाट्य’ विधा, वरिष्ठ नित्य निर्देशक भुवनदास श्रेष्ठलाई ‘नृत्य’, खोज तथा अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेललाई ‘नृत्य खोज तथा अनुसन्धान र वरिष्ठ तबला वादक राजु अग्रवाललाई ‘वाद्यवादन’ विधामा सम्मान गरिएको हो ।

pinup pin up pin up pinup

दिर्घ सम्मान शीर्षकको पुरस्कार २ लाख एक र अन्य ८ शीर्षकका पुरस्कार एक लाख एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।

Advertisement

प्रतिष्ठानकी कुलपति निशा शर्माको सभाध्यक्षमा जारी कार्यक्रमका विशिष्ट अतिथिहरूमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमनि हार्ताम्छाली, वरिष्ठ नाट्य निर्देशक सुनिल पाेखरेल, वरिष्ठ समालाेचक अभि सुवेदी, शास्त्रीय सङ्गीत समाजका महासचिव गाेकुल लिम्बुलगायत छ्न् ।