काठमाडौं । दुई दलीय संयन्त्रको बैठक बस्दैछ । बैठक बुधबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तामा शिक्षक आन्दोलन लगायत पछिल्लो परिस्थितिको विभिन्न समस्या समाधानका लागि उपायहरूको खोजी गर्न संयन्त्रको बैठक बोलाउने समझदारी बनेको थियो ।
संयन्त्रमा शिक्षक आन्दोलनको विषय र त्यसलाई समाधानका उपायबारे छलफल हुने बताइएको छ ।