काठमाडौं । गृहमन्त्रालयले शुक्रबार तीनकुनेमा राजावादीहरूले घटाएको घटनाको सम्पूर्ण जिम्मेवारी नेतृत्व कर्ताले लिनुपर्ने जनाएको छ। घटनापछि गृहले पत्रकार सम्मेलन गर्दै नेतृत्वको हिसाबले दुर्गा प्रसाईं जिम्मेवार रहेको जनाएको हो।
पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्रालयका सहसचिव छवि रिजालले भने, ‘दुर्गा प्रसाईं कानुनी दयरामा आउनुहुन्छ। आन्दोलनको नेतृत्वमा प्रसाईंले गरेकाले घटनाको जिम्मेवारी र अगाजानी तोडफोडको जिम्मेवारी लिनुपर्छ।’
गृहमन्त्रालयले २०६१ सालपछि पहिलोपटक काठमाडौंमा लुटपाटको घटनाको बतायो। २० वर्ष असंठित उत्तेजित भीडले घटना गराए पनि यसपटक भने संगठित रुपमा आन्दोनकारीले घटना घटनाएको बताएको हो।
गृहले सुरक्षाकर्मीले सोचेभन्दा फरक ढंगले प्रदर्शन अघि बढेको दाबी गर्यो। रिजालले भने, ‘आन्दोलनका नाममा अराजकता मच्चाउने काम भयो। आगलागी नियन्त्रण गर्ने दमकल, शसस्त्र प्रहरीको गाडीमा समेत आक्रमण भएको छ। परिस्थिति अनुमान गरेको भन्दा फरक भयो। राजनीतिक दलले गरेको आन्दोलन यस्तो हुन सक्दैन।’
उनले सुरक्षाकर्मी आन्दोलनकारीतर्फ १५/१५ जना घाइते भएको बताए।
गृहले अब सरकारले सुरक्षा रणनीति परिवर्तन गर्ने जनायो। ‘सुरक्षाकर्मीले हदैसम्मको संयमता अपनाएको छ, रिजालले भने।
आज तीनकुनेमा राजावादी प्रदर्शनकारीले घरमा व्यक्तिको घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले व्यक्तिको घर नै आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको छ।
निषेधित क्षेत्र तोड्न खोजेका प्रदर्शनकारी र प्रहरीबीच भडप भएपछि राजवादीहरूले व्यक्तिका घर तोडफोड गर्नुका साथै आगजनी गरेका थिए।
अहिले तीनकुने क्षेत्र अहिले तनावग्रस्त बनेको छ । हिंस्रक प्रदर्शन रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
आगो निभाउन प्रयोग भएका दमकलहरुमाथि नै प्रहार गर्न र अवरोध गरेपछि सुरक्षा संयन्त्रपनि एग्रेसिभ भएको थियो भने प्रहरीले हवाई फायर गरेको छ ।
राजावादीहरूले काठमाडौंको पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी गरेको छ । आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन ।