March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

दुर्गा प्रसाईं भारतबाट पक्राउ

1.2K

काठमाडौं । तीनकुने घटनापछि फरार रहेका दुर्गा प्रसाईं भारतबाट पक्राउ परेका छन् । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईंलाई पक्राउ गरेर नेपाल ल्याइँदै गरेको प्रहरी स्रोतले जनाएको छ ।

दुईजनाको मृत्यु भएको तीनकुने घटनामा प्रसाईंले प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका थिए । केहीबेरपछि सम्पर्कविहीन भएका उनको प्रहरीले खोजी गरिरहेको थियो ।

यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । बुधबार मात्रै एक भिडियो सार्वजनिक गर्दै उनले आफू व्यक्ति नभई विचार भएको हाँस्यास्पद अभिव्यक्ति दिएका थिए ।

Advertisement

नेपाल प्रहरीले भारतको आसाम राज्यमा उनलाई ट्र्याक गरी भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाएको छ।उनलाई भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरी काँकडभिट्टा नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

यसअघि सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो ।

तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।