March 28, 2025, Friday
२०८१ चैत्र १५
1:37:26 pm

प्रमुख तीन दलको बैठक सोमबार बस्ने

505

काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक सोमबार बस्ने भएको छ । सिंहदरबारमा सोमबार अपराह्न ४ बजे बैठक बस्ने तय भएको हो ।

हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड सोही छलफलका लागि सोमबार काठमाडौं आउने भएका छन् । उनी आइतबार नै काठमाडौँ आउने भनिएपनि विशेष कारणबस सोमबारका लागि सरेको र सोहीअनुसार बैठकको समय तय भएको बताइएको छ ।

उक्त बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल हुने बताइएको छ ।

Advertisement