March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

स्ववियु निर्वाचनमा फर्जी मतदानको प्रयास गर्ने एकजना पक्राउ

1.7K

काठमाडौं । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनको मतदान केन्द्रमा फर्जी मतदानको प्रयास गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–४ का २५ वर्षीय भोजराज भट्ट रहेका छन् ।

कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहका विद्यार्थी भट्टले मतदान केन्द्रमा पुगेर फर्जी मत हाल्न प्रयास गरेको, तर मत खसाल्न नपाउँदै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भट्टको पक्राउ पछि, एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनमा फर्जी मतदान गरेर धाँधली गरेको आरोप लगाएका छन् भने नेपाली कांग्रेस निकट प्राध्यापकहरूले चुनावमा नेविसंघका उम्मेदवारलाई जिताउन फर्जी मतदान गराउने आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।

Advertisement

प्राधिकृत अधिकारीहरूले घटनाको छानबिन सुरु गरेका छन् र आगामी कारबाहीका लागि तयारी गरिरहेका छन्।