April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रहरीमाथि कुटपिट गर्ने जोसुकै भएपनि कारबाही गर्न गृहमन्त्रीको निर्देशक

490

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारको घटनामा दोषी जोसुकै भएपनि छानबिन गरी कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएका छन् ।

बुधबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्री लेखकले प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट दुर्व्यवहार भइरहेका घटनाहरू सार्वजनिक भइरहेको भन्दै गृहमन्त्री लेखकले भने, ‘घटनामा संलग्न जो सुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु । समाजमा शान्ति सुरक्षामा खलल् पुर्‍याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जोकोही भए पनि कानूनी दायरामा ल्याउन भनिसकेको छु।’

Advertisement