काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त तथा अन्य आयुक्तहरूले बाढिपहिरोबाट पुग्न गएको अकल्पनिय क्षतिबाट पीडितहरूलाई राहत पुर्याउन एकहप्ताको पारिश्रामिक प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गर्ने भएका छन् ।
आयोगले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परी दिवगंत हुनुभएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
दैविप्रकोप उद्दार कोषमा आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरूलाई स्वेच्छिक रूपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हानसमेत गरेको छ ।