November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रत्यारोपण केन्द्रमा प्रदर्शन जारी, कार्यकारी निर्देशकलाई अस्पताल प्रवेशमा रोक लगाइने

1.3K

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । विहीबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।

विगत लामो समयदेखि केन्द्रमा भइरहेको व्यथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनि सुनुवाइ नभएपछि आन्दोलनलाई निरन्तरता दिनुपरेको उनीहरुको भनाइ छ ।

Advertisement

आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

आन्दोलनकै सिलसिलामा उनीहरुले स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । झण्डै दुई सय जनाको हस्ताक्षरसहित उनीहरुले केन्द्रमा रहेका व्यथितीहरुका विषयमा मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, विहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पताल भित्र हुने सबै प्रकार सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीहरुको रोकिएको तबल भत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

यसअघि पनि मन्त्री पौडेललाई भक्तपुरवासीले मागहरुसहितको पत्र बुझाएका थिए । कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले माग सम्बोधन नभए जिल्ला प्रशासन कार्यालयदेखि स्वास्थ्य मन्त्रालयसम्म पुगेर घेराउका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । उनीहरुले कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई अस्पताल प्रवेशमा रोक लगाउने तयारी गरेको जानकारी दिए ।