April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको बधाई

960

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएकोमा केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत ओलीलाई बधाई दिएका हुन् ।

मोदीले लेखेका छन्, ‘प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा तपाईंलाई बधाई । दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउन र दुवै देशका नागरिकको प्रगति र समृद्धिका लागि आपसी सहकार्य र समक्षदारीको अपेक्षा राख्दछु ।’

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि ओली आइतबार प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

Advertisement