April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एमालेको सचिवालय बैठक बस्दै

855

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्न लागेको हो।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन र सरकारबारे छलफल हुने जनाइएको छ । साथै नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ । सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।

Advertisement