काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेससँग आलोपालो सरकार बनाउने सहमति गरेका ओली मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् ।
स्रोतकाअनुसार सोमबार बिहान पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेट भएको थियो । मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् ।
निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।
दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।