February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

नेपाल–भारतबीचको सम्बन्धले परिवर्तनको नयाँ युगको सुरूवात हुने विश्वास छ: उपप्रधानमन्त्री

1K

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल—भारतको सांस्कृतिक सन्दर्भ विषयक गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको सुरूवात हुने विश्वास छ । समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लैङ्गिक समानता, शिक्षामा पहुँच लगायतका सिद्धान्तहरूले नेपाली समाजलाई जीवन्त बनाइरहेको छ ।’

मन्त्री श्रेष्ठले सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच आवश्यक हुने पनि बताए ।

Advertisement

उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास, समृद्धि र विकास लक्ष्यको परिपूर्ति गर्न स्थिर राजनीतिक प्रणाली आवश्यक रहने उनले बताएका छन्।