काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदैछन् । उनी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा उनको शपथ ग्रहण समारोहमा भाग लिन भारत जान लागेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा जाने निर्णय गरेको हो । प्रधानमन्त्रका साथ उनकी पुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी रहनेछन् ।
तेस्रोपटक भारतको प्रधानमन्त्री बनेका मोदीले आइतबार शपथ लिँदैछन् । जसका लागि प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो एक बजे भारत प्रस्थान गर्नेछन् भने सोमबार फर्कने कार्यक्रम छ।
भारतमा फेरि मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडू प्रमुख रहेको तेलुगु देशम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति गरेका थिए। उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमा थिए ।