March 11, 2025, Tuesday
२०८१ फाल्गुन २७
1:37:26 pm

बलेनजी ! नेताहरू जेल बसेको विषयलाई मजाक नउडाउनोस्ः योगेश भट्टराई

990

काठमाडौं । एमालेका सचिव तथा सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई संयमता नगुमाउन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडक विभाग र महानगरपालिकाबीच मतभेद उत्पन्न हुँदा एमाले अध्यक्ष केपी ओलीलाई दोष देखाएको भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु भए । त्यसको दोष पनि एमाले र एमालेका अध्यक्षले बोक्नु पर्ने ? काठमाडौं महानगरपालिकाका प्रमुख बोलेन्द्र साहलाई सम्मानका साथ भन्न चाहन्छु । उहाँ जननिर्वाचित हुनुभएको छ । उहाँले चुनाव जितेर आएपछि हामी पनि आशावादी भएका छौं । उहाँले निर्वाचन चितेर आउने बित्तिकै तबेला उपहार दिनुभएको थियो । तबेला किन उपहार दिनुभयो । किन ड्रमबजाउने उपहार दिनुभएन । बोलेन्द्र साहले संगीतको ड्रम बजाएर नै आउनु भएको थियो । तर अध्यक्षले सोच विचार गरेर तबेला दिनुभयो । मेयरलाई तबेलाको धुनमा काम गर्नुस् । तबेलाको अर्थ हो । करुणा,प्रेम,सदभाव र सम्यमता हो । तर काठमाडौं महानगरपालिका प्रमुखले संयमता गुमाउँदै जानु भएको छ ।’

Advertisement

उनले काठमाडौंलाई सुधार गर्नका लागि मेयरलाई सहयोग गर्न तयार रहेको पनि बताए । उनले भने, ‘मेयर बालेनजीलाई भन्न चाहन्छु पैसा कति चाहियो । सरकार दिन तयार छ । प्रधानमन्त्री,अर्थमन्त्रीलाई भनौला काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईंका योजना के छन् । आउनुस हामीसँगै काम गरौंला । तर उतेजना फैल्याएर,उश्रृखल गतिविधि गरेर होइन । तपाईंमार्फत लाखौ युवाहरुले यो देशको भविष्य खाजेका हुन् । लाखौं युवाहरुले आफ्नो भविष्य,सपना तपाईं मार्फत खोजेका हुन । पछिल्लो दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ । ती युवाहरु माथिको सपनालाई र मुलुकलाई धोका दिँदै हुनुहुन्छ । यो हिसाबले अगाडि नबढ्न आग्रह गर्दछु ।’

उनले केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, महन्त ठाकुर, अशोक राई,उपेन्द्र यादव लगायत अग्रभागमा हुनेहरु जेल बसेर यो व्यवस्था ल्याएको उल्लेख गर्दै नेताहरुले जेल बसेको विषयलाई मजाक नउडाउन उनले आग्रह गरे ।