March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

पाइलट विजय लामा र भावना पन्तलाई कारबाही

1.7K

काठमाडौं । नेपाल एयरलाइन्सका पाइलट विजय लामा र भावना पन्त कारबाहीमा परेका छन् । उनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एक्टिभ ड्यूटी’बाट हटाइएको प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन सुरक्षा व्यवस्था उल्लंघन गरेको भन्दै पाइलट लामा र पन्तलाई अर्को सूचना नभएसम्मका लागि ग्राउण्डेड गरिएको हो ।

उनीहरुले विमानस्थलको संवेदनशील क्षेत्रमा फोटो÷भिडियो खिचेर नियम उल्लंघन गरेकोले कारबाही गरिएको स्रोतले जनाएको छ ।

Advertisement