April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

माधव नेपाल अर्को समीकरणमा जानुहुन्न: प्रधानमन्त्री प्रचण्ड

1.1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा केन्द्रीय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताएका छन् ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  केन्द्रको समीकरण भन्दा बाहिर गएर मधेस प्रदेशमा पनि अर्को सरकार नबन्ने दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नकेपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको बताए । उनले अध्यक्ष नेपाल पहिलाबाटै कहिले यता र उता जोडिने जस्तो देखिएपनि अहिलेको समीकरण भन्दा बाहिर नजाने बताएका हुन् ।

Advertisement

उनले भने ‘माधवजी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई मैले त्यत्ति असहज ठानेको छैन । माधवजी पहिलादेखि नै उता पनि यता पनि जोडिने जस्तो देखिएको त थियो तर अहिले मेरो बिहान कुरा हुँदा माधवजी यो समीकरण भन्दा बाहिर छैन, हुँदैन भन्नेकुरा क्लियर गर्नुभएको छ । कोशी प्रदेशलाई उसको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेटको व्यवस्था भएको छ । कोसीलाई कम बजेट भयो भन्नेकुरा सही होइन । बजेटमा धेरै चिज नयाँ छ । उत्पादन, उत्पादकत्व र रोजगारीलाई केन्द्रित गरेर बजेट आएको छ । समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को सरकार बन्दैन ।