काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
विहीबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको दुईवीचको भेटवार्तामा समसामयिक राजनीतिक विषयका साथै संघीय सरकार र प्रदेश सरकारहरूमा पनि वाम सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
यसअघि बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको थियो ।
विशेषगरी मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल भएको बताइएको छ ।