November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राष्ट्रपतिका सल्लाहकारले दिएको अभिव्यक्ति निन्दनीय

1.6K

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक सय रुपैयाँमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयका विषयमा राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले दिएको अभिव्यक्ति निन्दनीय भएको बताएका छन्।

शनिबार काठमाडौंको टोखामा एक कार्यक्रममा उनले नेपालीले कर तिरेको पैसाले राष्ट्रपतिका सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहितका विपरीत अभिव्यक्ति दिनु गम्भीर विषय भएको समेत बताएका हुन्।

ओलीले नेपालले आफ्नो निर्णय गर्दा अर्को देशलाई टाउको दुख्ने र नेपाललाई हेप्ने विषय स्वीकार्य नभएको बताएका हुन् ।

Advertisement

देशको सर्वोच्च संस्था राष्ट्रपतिको कार्यालय मुलुकको अहित कुरा गर्नेको गुँड लगाउने ठाउँ नभएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले नेपालीको देशभक्तिलाई चुनौती दिने अधिकार कसैलाई पनि नभएको बताए ।