January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा जाँदै

930

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा जाँदैछन् । उनी नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि हेटौँडा जान लागेका हुन् ।

आज र भोली दुई दिन चल्ने साधारण सभामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कट्टेल लगायतको उपस्थिति रहने छ ।

संघका अनुसार साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु राखिने छ ।

Advertisement

निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजनामा हुने साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकार, पर्यवेक्षक गरि १ हजार ६ सयको सहभागिता रहने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।