November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राष्ट्रिय सभा अध्यक्षका लागि कांग्रेसका युवराज शर्माले गरे उम्मेदवारी दर्ता

२०८० फाल्गुन २८

1.3K

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । उनले सोमबार विहान संघीय संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन् । कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको छ । शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन् ।

राष्ट्रिय सभा अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुनेछ । राष्ट्रिय सभामा कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन् ।

Advertisement