November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गणतन्त्रको विकल्प छैन: देउवा

1.4K

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । सोमबार कांग्रेस तनहुँले आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएकाहुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको पनि सभापति देउवाले बताए ।

यस्तै, सभापति देउवाले पार्टीलाई बलियो बनाए मात्रै देशको ठूलो पार्टी बन्न सक्ने औल्याए । उनले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ। तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’

Advertisement

देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको पनि बताए । अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गर्दै देउवाले भने, ‘संविधान समावेशी छ। संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन। गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ।’