November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पार्टीभित्र उठ्ने जायज मागलाई सम्बोधन गरिने सभापति देउवाको भनाइ

२०८० कार्तिक १७

1.3K

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र उठ्ने जायज मागलाई सम्बोधन गरिने बताएका छन्। उनले कोशी लगायतमा पार्टीभित्र पछिल्लो समय देखिएको असन्तुष्टिप्रति संकेत गर्दै जायज माग भए सम्बोधन हुने बताएका हुन्।

शुक्रबार बागलुङमा पार्टीले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘जायज माग छन् भने सम्बोधन हुन्छ, नाजायज माग छ भने वेवास्ता ।’

उनले संविधान कार्यान्वयन कांग्रेसले गरिछाड्ने पनि बताए। उनले भने, ‘संविधान र संघीयता ठिक छैन भन्ने तत्वविरूद्ध लाग्नुस्। कांग्रेस मुलुकको ठूलो पार्टी हो, यसले संविधान कार्यान्वयन गरिछाड्छ । संविधान र संघीयतामा केही समस्या देखिए भने सुधार गर्दै जाने हो।’

Advertisement