April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाइदिने

1.6K

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गर्दै टीका लगाइदिने बताएको हो ।

उक्त सूचनाअनुसार विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय बेग्लाबेग्लै छुट्याएको छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीकाका लागि ७ कात्तिकको दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ भने सर्वसाधारणका लागि भने ३ देखि ५ बजेसम्मका लागि समय तोकिएको छ ।

Advertisement