काठमाडौं । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सव आयोजनाका गर्नका लागि सहमहामन्त्री बन्द्रीप्रसाद पाण्डेको नेतृत्वमा ३७ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।
कांग्रेसको साउन पहिलो साता बसेको केन्द्रीय समितिको निर्णयअनुसार भदौ २४ देखि २६ गतेसम्म सानेपामा बिपी साहित्य महोत्सव आयोजना हुँदैछ ।
कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन र निरन्तर शनिबार, नेपाल साँस्कृतिक संघ, फाइनआर्टको सहयोगमा महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा फोटो प्रदर्शनीसमेत हुनेछ।


