काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरू गरेको छ। शनिबारदेखि सुरू भएको आन्तरिक अभियान १० दिन चल्ने जनाइएको छ।
संगठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार आन्तरिक अभियान सकिएपछि भदौ १० गतेदेखि २४ गतेसम्म `समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान´ सञ्चालन हुने छ ।