काठमार्डौ । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद घेर्न नयाँ बानेश्वर पुगेका लघुवित्त पीडितहरु र प्रहरीबीच झडप भएको छ । लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको हो ।
पीडितहरुले नव लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग गर्दै आएका छन् ।