September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

एकवर्षपछि नेपाली कांग्रेसको बैठक बस्दै

710

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदैछ । यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधवार दिउँसो १ बजे बैठक सुरु हुनेछ ।

अघिल्लो वर्ष साउनमा झन्डै एक वर्ष पछि बैठक बस्न लागेको हो । बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ संगठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नविचार गरिने भएको छ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

Advertisement

महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।

संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।